बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

जुली कुमारी महतोलाई पनि आयोगले सोध्यो स्पष्टीकरण

शनिबार, १२ कात्तिक २०७९, २० : १५
शनिबार, १२ कात्तिक २०७९

निर्वाचन आयोगले धनुषा क्षेत्र नं ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेकी जुली कुमारी महतोलाई स्पष्टीकरण सोधेको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो । 

उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ । आयोगले एमालेबाट प्युठानमा प्रतिनिधिसभा उम्मेदवार बनेका सूर्य थापालाई समेत स्पष्टीकरण सोधेको छ । यस्तै शुक्रबार कांग्रेस नेता गगन थापालाई सोधेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप