धार्मिक होइन, विकासका मुद्दामा बहस गरौं : इश्तियाक राई
जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र विकास नछोड्ने नेतालाई मतदान गर्न अपिल गरेका छन्। क्षेत्र नं २ अन्तर्गत पर्ने डुडुवा तथा नेपालगन्ज क्षेत्रमा चुनावी घरदैलो कार्यक्रमका बेला मतदाताहरूलाई सम्बोधन गर्दै उनले यसअघिका कामहरूको आधारमा मतदान गर्न भनेका हुन्।
‘मैले यसकारण तपाईंहरुसँग भोट मागिरहेको छु कि यसअघि पनि मैले यहाँ गरेका बाचाहरू अनुसार काम गर्ने प्रयास गरें। कति गरें त्यो तपाईंहरू नै साक्षी हुनुहुन्छ’ उनले भने ‘अझै काम गर्न बाँकी छ र ती कामहरू मैले अवश्य पूरा गर्नेछु त्यसका लागि फेरि एकपटक मलाई तपाईंहरुको साथ चाहिएको छ।’ उम्मेदवार राईले धार्मिक मुद्दा उठाएर मिलेर बसेको समुदायलाई फेरि विथोल्नका लागि विपक्षीहरु लागिपरेको भन्दै त्यस्ता षडयन्त्रहरूप्रति सचेत रहन पनि आम मतदातालाई आग्रह गरे।
‘हामी विकासका मुद्दामा बहस गरौं भनिरहेका छौं । के के काम गर्ने भनेर त्यसमा प्रतिष्पर्धा गर्न खोजिरहेका छौं’ उनले भने ‘तर केही उम्मेदवारहरू तपाईंकै घरदैलोमा आउँछन् र मात्रै धर्मको ठेकेदारी देखाउँछन्। त्यस्ताहरूबाट सचेत हुनुपर्छ। अब धार्मिक र सामाजिक सद्भाव खलबल्याएर भोट पाइनेपवाला छैन।’ राईले कुनै पनि हालतमा आफ्नो क्षेत्रमा सामाजिक र साम्प्रदायिक सद्भाव भड्किन नदिने पनि प्रतिवद्धता जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
-
विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना (तस्बिरहरू)
-
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
-
संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण