नेपाली नक्कली नोटसहित एकजना पक्राउ
शनिबार, १२ कात्तिक २०७९, १७ : ४८

रौतहटको गौरबाट नेपाली नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ४ टिकुलियाका जयप्रकाश साह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिरबहादुर ठाडामगरले बताए ।
शनिवार दिउसो गौरस्थित पेट्रोल पम्पमा नक्कली नोट दिएर पेट्रोल खरिद गरिरहेको सूचनाको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको थियो । उनको साथबाट ३ थान नेपाली हजारको नक्कली नोट बरामद गरिएको एसपी ठाडामगरले जानकारी दिएका छन् ।
साहलाई नियन्त्रणमा लिएलगतै टिकुलियास्थित उनको घरमा समेत खानतलासी गरिएको थियो । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साह गौर बजारमा ठेला व्यवसाय गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’
-
निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज