मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पवन महरा मृत्यु प्रकरणमा ओलीको प्रश्न–प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

शनिबार, १२ कात्तिक २०७९, १६ : ००
शनिबार, १२ कात्तिक २०७९

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ । 

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् ।

उक्त घटनाका दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका ओलीले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

यसबारे ओलीले फेसबुकमा लेखेका छन्:

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?-न्युज कारखाना 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप