आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश

शनिबार, १२ कात्तिक २०७९, १५ : ००
शनिबार, १२ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीका कास्की सचिव होम नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा नेपाली पार्टी प्रवेश गरेको एमाले पोखरा महानगरका अध्यक्ष दिलिप न्यौपानेले बताए ।

एमाले उत्पीडित जातिय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो । एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले  उनलाई पार्टीमा स्वागत गरेका हुन् । विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

पार्टी प्रवेश गर्दै नेपालीले नेकपा एस नामको पार्टी नेपालमा नरहने दावी गरे । 'विधिको कुरा गर्ने तर विधि नमान्ने नेकपा एस नामको पार्टी रहन्न,नेकपा एमाले कुनै हालतमा सकिन्न,' नेपालीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप