शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतसँग मल खरिद गर्न 'जिटुजी' प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाण

शनिबार, १२ कात्तिक २०७९, १४ : २७
शनिबार, १२ कात्तिक २०७९

गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजीमार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन् । गठबन्धनले  भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको बताएका हुन् । 

दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडि बढाएको उनले बताए । सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप