चीनबाट १ लाख ८० हजारको किरा आयात
शनिबार, १२ कात्तिक २०७९, १३ : ५४
चालू आर्थिक वर्ष २०७९/८० को २ महिनाको अवधिमा विदेशबाट १ लाख ८० हजार रुपैयाँको किरा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू वर्षको साउन र भदौ महिनामा विदेशबाट उक्त मूल्यको किरा आयात भएको हो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कमा कस्ता प्रकारका किरा आयात गरिएको भन्ने बारे भने खुलाइएको छैन । तर, ५० किलोग्राम बराबरको किरा आयात गर्दा सरकारलाई ४४ हजार रुपैयाँ बराबरको भन्सार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । नेपालमा आयात भएका सबै किरा चीनबाट भित्रिएका छन् । चीनबाहेक अन्य मुलुकबाट किरा आयात नभएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी