शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन् २०३५ देखि पेट्रोल र डिजेलबाट चल्ने कार प्रतिबन्ध गर्ने प्रस्ताव युरोपेली संघद्वारा पारित

शनिबार, १२ कात्तिक २०७९, ०७ : ५४
शनिबार, १२ कात्तिक २०७९

युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन् ।

उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद र कार निर्माता कम्पनी पनि २०३५ देखि डिजेल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् ।

नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप