शाओमीद्वारा भारतमा वित्तीय सेवा व्यवसाय बन्द
![शाओमीद्वारा भारतमा वित्तीय सेवा व्यवसाय बन्द](https://rpcdn.ratopati.com/media/albums/mi_ClnNo3GrTO.jpg)
चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पोरेसनले भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द गरेको छ । कम्पनीले चार वर्षअघि भारतमा यो सेवा सुरु गरेको थियो । कम्पनीले आफ्नो एप एमआई पेमार्फत बिल भुक्तानी र पैसा ट्रान्सफर गर्ने सुविधा दिएको थियो । तर यसलाई नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाले मान्यता प्राप्त तेस्रो पक्ष यूपीआई एपको सूचीबाट हटाएको छ।
हालै, शाओमीले एमआई क्रेडिट पनि हटायो। यो स्मार्टफोनले छिटो ऋण उपलब्ध गराउने उद्देश्यले प्रयोगकर्ताहरूलाई ऋण दिने कम्पनीहरू र एमआई पे एपहरूसँग जोड्न प्रयोग गरेको थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार चीनबाहिर शाओमीको सबैभन्दा बलियो बजार भारत हो। तर, पछिल्ला दिनमा कम्पनी भारतको कर विभागको निशानामा परेको छ । अप्रिलमा शाओमीको ६७६ मिलियन डलरको सम्पत्ति भारतमा जफत गरिएको थियो। यद्यपि शाओमीले आफूले कुनै गलत काम नगरेको बताएको थियो ।
सन् २०२० मा गलवानमा भारतीय र चिनियाँ सैनिकहरू बीचको द्वन्द्व पछि, केही चिनियाँ कम्पनीहरू, विशेष गरी वित्तीय एपहरू भारतमा बन्द गरिएको थियो। भारतले सुरक्षाको कारण देखाउँदै ३ सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्धसमेत लगाएको थियो । जसमा लोकप्रिय एप टिकटक पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै