सुनसरीमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु
शुक्रबार, ११ कात्तिक २०७९, २२ : २५
सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सूचक १६.२९ अंकले बढ्यो, तर कारोबारमा गिरावट
-
कांग्रेसले मंगलबार गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने
-
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
-
६० किलो सुन प्रकरणमा भेटिएन ‘हाई प्रोफाइल’ को संलग्नता
-
ओखलढुंगाको पात्लेमा पहिरोबाट ५ घरमा क्षति
-
नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव