पोल्याण्डले कम्युनिस्ट शासनको समयका ४ स्मारक हटायो
पोल्याण्डले दोस्रो विश्वयुद्धपछि रुसी लाल सेनाको सम्मानमा बनाइएका चार स्मारक हटाएको छ । पोल्याण्डले रुसको युक्रेनमाथि जारी राखेको युद्धको विरोधका साथसाथै दोस्रो विश्वयुद्धपछि उसको मुलुकमा मस्कोको अधिपत्य जनाउने स्मारक हटाउने अभियान अन्तर्गत यी स्मारक भत्काएको बताएका छ ।
बिहीबार श्रमिकहरूले क्रेनको सहारामा पोल्याण्डका फरक–फरक चार स्थानमा रहेका यी १९४५ का स्मारकहरू नष्ट गरेका थिए । यी स्मारक भत्काउने निर्णय राष्ट्रिय पुरातात्विक संस्थानका प्रमुख करोल नवरोकीले गरेका थिए । उनले यी स्मारकहरू आफ्नै नागरिक र अन्य मुलुकका नागरिकलाई दास बनाउने र हत्या गर्ने दोषी प्रमाणीको हिस्सा रहेकाले भत्काउनुपरेको बताए ।
‘सन् १९४५ मा सोभियत फौजले मुक्ति गरेनन् आफूसँग अर्को कैद ल्याए । उनीहरुले पोल्याण्ड कब्जा गर्दै यसलाई खराब व्यवहार गरे,’ नवरोकीले भावनात्मक भाषणमा भने । पोल्याण्डमा सन् १९८९ मा कम्युनिष्ट शासनको अन्त्य भएदेखि नै पोल्याण्डले सोभियतकालीन वर्चस्व सम्झाउने प्रतीकहरूलाई सार्वजनिक स्थानबाट हटाउँदै आएको छ ।
यस वर्ष रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले युक्रेनको रुस विरुद्धको संघर्षलाई राजनीतिक, सैन्य र आर्थिक रूपमा समर्थन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव
-
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
-
प्रि–मनसुनमा कसरी भित्र्याउने हिउँदेबाली ?