बेलायतमा पनि मनाइयो म्हःपूजा र नेपाल संवत
-नरेन्द्र बस्नेत
बेलायतको साउथ इष्ट लन्डनमा एक विशेष कार्यक्रमबीच म्हःपूजा र नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पर्व म्हः पूजा नेपाली पर्व मध्येको एक महत्वपूर्ण पर्व हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने पर्वको रुपमा म्हस्पूजालाई लिइन्छ । नेवारी भाषामा म्हः शब्दले देह वा शरीर भन्ने बुझाउँछ । त्यसैले म्हः पूजामा आत्मतत्त्व रहेको, परमात्माको बास भएको चेतनादायक आफ्नै शरीरको पूजा गरिन्छ । बेलायतमा रहेका नेपाली समूदायले आफ्ना मौलिक पर्वहरुलाई भव्यताकासाथ् मनाउने गर्दछन् ।
सोहि अवसर पारेर पासा पुचः गुथी यूकेको साउथ इष्ट शाखाको आयोजनामा बुधबार एशिएन कम्युनिटी सेन्टर प्लमस्टिडमा सम्पन्न कार्यक्रममा नेवारी परम्पराअनुसार म्हस्पूजाका साथै नेपाल संवतको नयाँ वर्ष ११४३ पनि मनाइएको हो ।
सयौँको संख्यामा बेलायतस्थित नेवारी समुदायका सदस्यहरु सहभागी कार्यक्रम गैरनेवा समुदायबाट पनि उल्लेख्य नेपाली उपस्थित थिए। पासा पुचः साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरुमा मौलिक नेवा परम्पराअनुसार म्हः पूजा गरिएको थियो। उक्त अवसरमा गैरनेवा समुदायबाट आएका अतिथिहरूले पनि उत्सुकतापूर्वक म्हः पूजामा भाग लिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य दिंदै बेलायतमा पनि नेपाली मौलिक परम्पराहरूको निरन्तरता हुनु सुखद रहेको बताइन्। पासा पुचः गुठीले बेलायतमा नेपाली कला, संस्कृति जगेर्ना र पुस्तान्तरणमा पुर्याइरहेको योगदानको उनले प्रशंसा गरिन्।
पासा पुचः गुथी साउथ इष्टका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले झन्डै दश वर्षअघिदेखि बेलायतमा वर्षेनी म्हःपूजा हुँदै आएको जानकारी दिंदै अन्य मौलिक चाडपर्व र जात्राहरूलाई पनि निरन्तरता दिइँदै आएको जानकारी गराए ।
संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठले नेवा परम्परा र संस्कृतिलाई बेलायतमा हुर्किँदै गरेको नेवा समुदायको दोस्रो पुस्तालाई मात्र नभइ अरु समुदायका नेपालीहरु माझ पनि चिनाउने प्रयास गर्दै आएको सुनाए।
सो अवसरमा मौलिक लाखेनाच, धिमेबाजा, कुमारीलगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो भने विभिन्न स्थानीय कलाकारले मौलिक गीत, नृत्य पनि प्रस्तुत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि