बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सी जिनपिङले भने– चीन र अमेरिकाले सहकार्यको मार्ग पहिल्याउनुपर्छ

शुक्रबार, ११ कात्तिक २०७९, २१ : ०७
शुक्रबार, ११ कात्तिक २०७९

राष्ट्रपति सी जिनपिङले विश्व शान्ति र विकासको रक्षार्थ चीन र अमेरिकाले ‘सहकार्यको मार्ग पहिल्याउनुपर्ने’ बताएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।  अमेरिका र चीनबीच पछिल्लो समय बढ्दै गएको तनावबीच चिनियाँ नेताका यी मेलमिलापकारी शब्दहरू बाहिरिएका हुन् । वाशिङ्टनमा र बेइजिङबीच ट्रम्पको समयदेखि सुरु भएको व्यापार युद्धले सम्बन्ध तनाव रहँदै आएको छ । त्यसमाथि रुस युद्ध र ताइवानको विषयलाई लिएर तनाव थप चुलिएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो महासचिवको कार्यकाल सम्हालेपछि बोल्ने क्रममा सीले पुन ताइवानमा ‘विदेशी हस्तक्षेप’प्रति आक्रोश पोख्दै आफ्नो सरकारले टापुलाई मुल भूमिसँग एकताबद्ध गर्न बल प्रयोग गर्ने अधिकारलाई कहिल्यै परित्याग नगर्ने बताएका छन् । 

चिनियाँ सरकारी प्रसारण संस्था सीसीटीभीले बिहीबार सीले अमेरिका–चीन सम्बन्धको विषयमा भएको वार्षिक उत्सवमा पठाएको शुभकामना पत्रमा ‘संसार अहिले शान्त नरहेको’ बताएको लेखेका छन् ।  ‘विश्वका प्रमुख शक्तिको रूपमा, चीन र अमेरिकाबीचको सम्वाद र सहयोगमा हुने अभिवृद्धिले विश्वव्यापी स्थिरता बढाउन, विश्व शान्ति र विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ,’ सीले न्यूयोर्कस्थित गैर नाफामूलक संस्थालाई पठाएको पत्रमा भनेका छन् ।

सीले पत्रमा अगाडि भनेका छन् कि चीन ‘पारस्परिक सम्मान प्रदान गर्न, शान्तिपूर्ण सहअस्तित्वमा रहन... (र) नयाँ युगमा सहकार्यका मार्गहरु पहिल्याउनको लागि अमेरिकासँग काम गर्न इच्छुक छ । त्यसले दुई देशका लागि मात्रै होइन, विश्वलाई पनि फाइदा हुन्छ,’ सीले लेखे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले यही महिना चीन एक मात्र अमेरिकी प्रतिस्पर्धी भनेको छ । ‘अन्तर्राष्ट्रिय व्यवस्थालाई पुनः आकार दिने उद्देश्यका साथ बढ्दो आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक शक्तिका कारण’ चीन अमेरिकालाई प्रतिस्पर्धा दिनसक्ने अहिले एक मात्र मुलुक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप