बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एलोन मस्क : ट्वीटर खरिद अघिका ती उतारचढाव

शुक्रबार, ११ कात्तिक २०७९, १७ : ५९
शुक्रबार, ११ कात्तिक २०७९

अमेरिकाको सान होजेमा गत मार्चको अन्तिम दिनतिर विश्वका सबैभन्दा धनी व्यक्ति एअर–बीएनबीमा लिइएको भाडाको कोठामा आयोजित एक महत्वपूर्ण बैठकमा सहभागी भए । बैठक ट्विटरको विषयमा केन्द्रीत थियो । इलोन मस्क केहीअघि मात्र ट्विटरको सबैभन्दा ठूलो सेयर होल्डर बनेका छन् । र उनी कम्पनीको बोर्डमा सहभागी हुन चाहन्छन् भन्ने चर्चा थियो ।

ट्विटरका अध्यक्ष ब्रेट टेलर बैठकमा पुग्दा त्यहाँको माहोल देखेर अचम्मित भएका थिए । उनले पछि मस्कलाई पठाएको सन्देशमा भनेका थिए, ‘सो स्थान हामीले भेटेका स्थानमध्ये सबैभन्दा अनौठो थियो ।’ जहाँसम्म बैठकको सवाल छ, त्यो बिना कुनै अवरोध बिना सम्पन्न भयो । केही दिनपछि, एलोन मस्क ट्विटरको बोर्डमा सामेल हुने कुरा सार्वजनिक भयो । यो एलन मस्कको ट्वीटर खरिदको लामो प्रकरणको प्रस्थान बिन्दु मात्र थियो । 

आगामी ६ महिना यस प्रकरणमा धेरै उतारचढाव भए । सिलिकन भ्यालीको इतिहासमा सायदै यस्तो सम्झौता भएको होला जसमा यति धेरै पटक सम्झौताबाट पछि हट्ने भनेर अन्तत सुरुमा भएको सम्झौतामै कार्यन्वयन भयो । 

अप्रिलको सुरुमा, एलोन मस्क पनि खुशी देखिन्थे । बोर्ड सदस्य बन्ने बन्ने खबरको बीच उनी लगातार आगामी दिनमा के–कस्ता परिवर्तन गर्न सक्छ भन्दै प्रक्षेपण गर्दै गरेका देखिन्थे । 

ठोस कदमको पक्षमा थिए एलोन मस्क 

मस्क र ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालबीच भएको व्यक्तिगत भेटघाटले खासै प्रभाव देखाएन । भेटमा ट्विटरमा रहेका कमजोरीहरू हटाउने विषयमा दुई जनाबीच विवाद भएको मानिन्छ, जसमा एलोन मस्क खुसी थिएनन् ।

एलोन मस्कले कथित रूपमा यसबारे टेलरलाई लेखेका छन्, ‘परागसँगको कुराकानीले ट्विटरका त्रुटीहरू समाधान हुँदैन । कठोर कदम उठाउन आवश्यक  छ ।’ अप्रिल १४ मा मस्कले सार्वजनिक रूपमा आफू ट्विटरलाई पुरै चाहेको कुरा सार्वजनिक रूपमा भने ।

यसका लागि उनले ट्विटरलाई ४४ अर्ब डलर प्रस्ताव गरेका थिए । सुरुमा, ट्विटरको बोर्डले मस्कको प्रस्ताव अस्वीकार गर्यो । मस्कको कम्पनी खरिद प्रयासलाई रोक्नको लागि ट्वीटरले ‘पोईजन पिल्स’ नीतिको सहारा लियो ।  तर घटनाक्रममा एकाएक परिवर्तन आयो, र ट्विटर बोर्डले अप्रिल २५ मा मस्कको प्रस्ताव स्वीकार गरेका घोषणा गर्यो । तर यस प्रकरणमा अझै ट्विस्ट आउन बाँकी नै थियो । यसपछि उत्साहीत भएर एलोन मस्कले ट्विटर ‘फ्री स्पीच(वाक स्वतन्त्रता)’को केन्द्र हुने बताए । 

ट्विटरले आफ्नो बाटो गुमाएको बताउँदै मक्सले यस समाजिक सञ्जालले प्रायः अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध गर्ने गरेको आरोप लगाए । उनले आफ्नो स्वामित्वमा आएपछि ट्वीटर विश्वको ‘टाउन हल (छलफलस्थल)’ बन्ने बताए । 

ट्विटरको सम्झौता एलोन मस्कलाई महंगो परेको हो ? 

खरिद प्रक्रिया छलफलमै हुँदा क्यानडाको भ्यानकुभरमा भएको टेड टकका संस्थापसँगको अन्तर्वार्तामा मस्कले ट्वीटर खरिदका क्रममा ‘वित्तीय पक्ष’ लाई वास्ता नगरेको बताए ।  सम्झौता घोषणा भएको महिनौं बितिसक्दा पनि ट्वीटरको सेयरको मूल्य घटिरहेको थियो । यस्तोमा कैयौं विश्लेषकहरूले ट्विटर किन्न इलोन मस्कले प्रस्ताव गरेको रकम धेरै भएको बताउन थाले ।

त्यसपछि मस्कले सार्वजनिक रूपमा ट्वीट्रमाथि विभिन्न प्रश्नहरू सोध्न थाले । जस्तो ट्विटरमा कति एकाउन्ट वास्तविक खाताहरू छन् ? कति बोट हुन् ? मस्कले वर्षौंदेखि ट्विटरमा बट्स (नक्कली) खाताबारे कुरा उठाउदै आएका थिए ।

सम्झौता प्रक्रियाअघि बढिसक्दा समेत मस्कले ट्विटरका वास्तविक प्रयोगकर्ताहरूको संख्याबारे प्रश्न गरिरहे । ट्विटरका अधिकारीहरूले दैनिक सक्रिय प्रयोगकर्ताहरू मध्ये लगभग ५ प्रतिशत बटहरू रहेको बताए । तर, मस्कले त्यसलाई पत्याएनन् । 

सीईओ पराग अग्रवालले ट्वीटरमा लामो थ्रेड लेख्दै कम्पनीले यो तथ्याङ्क कसरी निकाल्यो भनेर व्याख्या गर्ने प्रयास गरे । तर मस्कले यो थ्रेडको जवाफले व्यङ्ग्यात्मक इमोजीमार्फत जवाफ दिए । र मस्कले सम्झौताबाट पछि हट्ने घोषणा गरे । 

सम्झौताबाट पछि हटेपछिका घटनाक्रम

यो सम्झौता लगभग रद्द हुने अवस्थामा थियो । जुलाई ८ मा, मस्कले उनी अब सम्झौताबाट पछि हट्न चाहेको बताए । तर यस निर्णयका कारण मस्कले पहिले भन्दा उचित मूल्यमा कम्पनी किन्न कोशिस गरेका थिए वा बाट एकाउन्टको उल्लेख्य संख्याको कारण उनी सम्झौताबाट फिर्ता हुन खोजिरहेका थिए ? भन्ने स्पष्ट गरिएन । 

ट्विटरले पनि मस्कको घोषणामा जवाफ फर्काउँदै सम्झौताका सर्तहरू अनुसार, एलोन मस्क अब कानूनी रूपमा कम्पनी किन्न बाध्य रहेको र सम्झौताबाट पछि हट्न नमिल्ने बतायो ।  दुवै पक्षले महगा वकिलसहित कानुनी लडाईको लागि तयारी सुरु गरे । यसपछि डेलावेयरको अदालतले १७ अक्टोबरको दिन दुवै पक्षलाई बोलायो । यसदिन अदालतले दुवै पक्षको तर्कहरु सुन्यो ।   

ट्विटरले अदालतमा मस्कलाई उसको प्लेटफर्मका वास्तविक प्रयोगकर्ताहरूको बारेमा पहिले पर्याप्त जानकारी प्रदान गरेको दलिल पेस गर्यो भने मस्कले ट्विटरमा पहिले बताइएभन्दा धेरै गुणा बढी नक्कली एकाउन्ट भएको बताए । मस्कले कम्पनीमाथि ठगीको आरोप समेत लगाएका थिए ।

सार्वजनिक फोरमबाट ट्विटरमाथि भइरहेको यो आलोचनाले कम्पनीका लागि हानिकारक साबित हुन थाल्यो । ट्विटरको राजस्वको सबैभन्दा ठूलो स्रोत विज्ञापनबाट आउँछ । यसका विज्ञापनदाताहरू तिनका विज्ञापनहरू कति वास्तविक प्रयोगकर्ताहरूमाझ पुग्छ भन्ने प्रश्न गर्न थाले । 

अन्ततः सम्झौता भइछाड्यो 

जुन समय ट्विटरको बोर्ड, न्यायाधीश र पत्रकारहरू सबै आलतको बाँकी प्रक्रिया के होला भनेर गम लगाइरहेका थिए तब पुन परिस्थिति फेरियो । ट्विटरमाथि कयौं आरोप लगाएर खरिद प्रक्रियाबाट पछि हटेका मस्कले पुनः सम्झौतामा अगाडि बढ्न तयार रहेको बताए । 

आखिर मस्कले उनको निर्णय के कारणले परिवर्तन गर्नुपर्यो ? सायद, उनलाई आफूले मुद्दा हार्छु लागेको हुनुपर्छ । अदालती सवाल जवाफका क्रममा वकिलले गर्ने प्रश्नोत्तरमा आफ्नो व्यवसायका अन्य पाटो पनि खुल्ने डरले समाएर उनले हत्तपत्त सम्झौतालाई पूर्णता दिएको पनि चर्चा छ । 

कारण जे भएपनि अन्तिममा ट्विटर एक ट्वीट गर्दै ‘सहमति भएको मूल्य र सर्तहरूमा मस्कसँग सम्झौता पूरा गर्न प्रतिबद्ध रहेको’ बतायो । एलोन मस्कलाई यो सम्झौतालाई अक्टोबर २८ सम्म पूर्णता दिन समय दिइएको थियो । जुन पूर्वनिधारित समयमै सकिएको छ । 

ट्वीटर खरिद सम्पन्न भएको समाचारले ट्विटरको मुख्यालयमा पनि हलचल मच्चायो । मस्क सीईओ बनेको खबरले केही कर्मचारी खुसी भएका छन् । तर केही कर्मचारी भने सम्झौतापछि ट्वीटरमा आउने सामाग्रीको उग्रता न्युनिकरण र कम्पनीको लक्ष्यमाथि धक्का लाग्ने बताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप