सर्लाही–२ मा यादव र महतोबीच मित्रवत प्रतिस्पर्धा, कांग्रेस निर्णायक !
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सर्लाही २ मा सत्ता गठबन्धनका दुई हेभिवेट उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले आइतबार सार्वजनिक गरेको तालमेल तथा मित्रवत प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रको सूचीअनुसार सर्लाही २ मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो ।
दुई हेभिवेट उम्मेदवारबीच हुन लागेको निर्वाचन रोचक बन्ने भएको छ भने यसमा कांग्रेस निर्णायक बन्ने देखिएको छ । सो निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएको छैन । सत्ता गठबन्धन र लोसपाबीच मधेसका ९ निर्वाचन क्षेत्रमा तालमेल भएपछि सर्लाही–२ मा भने तालमेल भएको थिएन । यसअघि गठबन्धनले यादवलाई सघाउने भनेर विज्ञप्ति जारी गरेको थियो भने त्यसमा लोसपाले आपत्ति जनाएको थियो । अहिले गठबन्धनले आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गर्दा भने मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
यादव २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट तत्कालीन राजपा नेपालका उम्मेदवार बनेर निर्वाचित भएका थिए । महतो भने २०७४ को निर्वाचनमा धनुषा–३ बाट विजयी भएका थिए । तर यस पटक उनी सर्लाही–२ बाट उम्मेदवार बनेका हुन् । धनुषा–३ मा भने गठबन्धनबाट लोसपाकै नेता अनिल झा उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर