भियतनाममा दश महिनामा डेंगु ज्वरोका कारण १ सय २ जनाको मृत्यु

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ ।
हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्दुको रुपमा रहेको छ । यस अवधिमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ । राजधानी हनोईमा बाह्र जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी घटनाहरू देखिएका छन् ।
डेंगु ज्वरो बाहेक, भियतनामले हालै अन्य रोगहरूको जटिल विकास पनि भएको देखिएको छ । उत्तरी बाक कान प्रान्तमा, आठ सय भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरू रहस्यमय फ्लूबाट आएको बताइएको छ । तीमध्ये एक आठ वर्षीय बालकको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक