महोत्तरीमा हिन्दु–मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन
शुक्रबार, ११ कात्तिक २०७९, १३ : ५१

महोत्तरीको भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् । अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् ।
अध्यक्ष डा.दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसँग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन् । बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । अध्यक्ष डा.दत्तले संयमित भएर एकआपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा