बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

#नो नट अगेन ट्वीटरको ट्रेन्डिङमा

शुक्रबार, ११ कात्तिक २०७९, १२ : ३४
शुक्रबार, ११ कात्तिक २०७९

निर्वाचन आयोगले ‘नो नट अगेन’ नामक फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएसँगै यसको व्यापक आलोचना भइरहेको छ । आयोगले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको तथा प्रमुख दलकै पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो । 

सामाजिक सञ्जालमा यतिबेला ह्यासट्याग नो नट अगेन ट्रेन्डिङमा रहेको छ । नेपालको ट्रेन्डिङ सूचीमा ह्यासट्याग नो नट अगेन पहिलो स्थानमा भएको हो । कात्तिक ८ गते आयोगले निर्वाचन मंसिर ४ गतेका लागि तय भएको अवस्थामा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै ‘नो नट अगेन’ पेज तथा ग्रुप हटाउन निर्देशन दिएको थियो । 
झूटा फेसबुक पेज तथा ग्रुपहरू सिर्जना गरी दलका नेताहरु विरुद्ध प्रचार प्रसार गर्ने कार्य विद्युतीय कारोवार ऐन र  निर्वाचन (कसूर तथा सजाय) ऐनको प्रतिकूल रहेको आयोगको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप