डेनमार्कमा नेपाली समुदायबीच देउसी भैलो
शुक्रबार, ११ कात्तिक २०७९, १२ : ३०
हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा डेनमार्कमा रहेका नेपाली समूदायले आपसमा देउसी भैलो खेलेका छन् । ‘क्रियटिभ नेप्लिज ओमन डेनमार्क’ को आयोजनामा कात्तिक ८ र ९ गते देउसी भैलो कार्यक्रम गरिएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेर पनि आफ्नो चाडपर्व, रीतिरिवाज प्रवर्द्धन गर्नुको साथै डेनमार्कमा हुर्किँदै गरेका सन्ततीहरूलाई नेपाली कला संस्कृतिको जानकारी दिनु रहेको संस्थाकी अध्यक्ष सरु पाण्डेले जानकारी दिइन् ।
संस्थाले नेपाली दूतावास, कोपनहेगनस्थित नेपाली समुदायको बसोवास रहेको ठाउँहरूमा सामूहिक तथा घरदैलो देउसी भैलो खेलेको थियो। नेपाली भेषभूषा गुन्यो चोली र नेपाली बाद्यबादनहरूको साथमा खेलिएको देउसीभैलोमा उल्लेख्य नेपाली समूदायको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन