शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डेनमार्कमा नेपाली समुदायबीच देउसी भैलो

शुक्रबार, ११ कात्तिक २०७९, १२ : ३०
शुक्रबार, ११ कात्तिक २०७९

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा डेनमार्कमा रहेका नेपाली समूदायले आपसमा देउसी भैलो खेलेका छन् । ‘क्रियटिभ नेप्लिज ओमन डेनमार्क’ को आयोजनामा कात्तिक ८ र ९ गते देउसी भैलो कार्यक्रम गरिएको हो । 

 कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेर पनि आफ्नो चाडपर्व, रीतिरिवाज प्रवर्द्धन गर्नुको साथै डेनमार्कमा हुर्किँदै गरेका सन्ततीहरूलाई  नेपाली कला संस्कृतिको जानकारी दिनु रहेको संस्थाकी अध्यक्ष  सरु पाण्डेले जानकारी दिइन् । 

संस्थाले नेपाली  दूतावास,  कोपनहेगनस्थित नेपाली समुदायको बसोवास   रहेको ठाउँहरूमा सामूहिक तथा घरदैलो  देउसी भैलो खेलेको थियो। नेपाली भेषभूषा गुन्यो चोली र नेपाली बाद्यबादनहरूको साथमा खेलिएको देउसीभैलोमा उल्लेख्य नेपाली समूदायको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप