दोस्रो सातामा ‘के घर के डेरा’
शुक्रबार, ११ कात्तिक २०७९, ११ : ४५
दीपेन्द्र के.खनाल निर्देशित फिल्म हो ‘के घर के डेरा’ । ४ कात्तिकबाट प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो दर्शक पाउँदै दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।
काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा निर्माण भएको फिल्मले पहिलो सातामा लगानी सुरक्षित गरेको र दोस्रो साताको व्यवसाय नाफा भएको निर्देशक खनालले बताए । फिल्मको कथा वस्तु र कलाकारको अभिनय दर्शकले रुचाएको निर्देशक खनालको भनाई रहेको छ ।
फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारी बेठकमा देउवा : गभर्नर चाँडै नियुक्ति हुन्छ
-
पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग
-
पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले
-
आतंकवादको खिलाफमा हुने कारबाही जायज : नेपाली कांग्रेस
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
-
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत