बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गौरीघाटमा छठपूजाका लागि तयारी अन्तिम चरणमा, तस्बिरहरु हेर्नुहोस्

शुक्रबार, ११ कात्तिक २०७९, ११ : १९
शुक्रबार, ११ कात्तिक २०७९

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । राजधानीको गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट मनाउने काम धमाधम भइरहेको हो । 

राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको छ । समितिले करिब ९० प्रतिशत काम सम्पन्न भएको र सबै तयारी पूरा गरेर धुमधामका साथ छठ मनाउने गरी तयारी भइरहेको जनाएको छ । यसवर्षको छठअन्तरगत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तिथि रहेको छ । 

सूर्यको उपासना गरेर छठ पर्व मनाइन्छ । यस व्रतलाई निकै कठोर मानिन्छ । व्रतालुहरूले पवित्र स्नान, उपवास, पानीसमेत नपिउने, लामो समयसम्म पानीमा खडा हुने, प्रार्थना प्रसाद र अर्घ्य दिने गर्छन् । भारतको बिहार र नेपालको तराईका जिल्लामा प्राचीनकालदेखि नै छठलाई मुख्य पर्वका रूपमा मनाइँदै आइएको छ । पछिल्लो समय राजधानी काठमाडौँसहित धेरै स्थानमा पहाडिया समुदायले पनि यो पर्व मनाउने गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप