मालिक भएपछि मस्कले बर्खास्त गरे ट्वीटरका चार शीर्ष अधिकारी
अमेरिकी मिडियाका अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र अन्य व्यवस्थापकलाई बर्खास्त गरिएको छ । भारतीय मूलका पराग अग्रवाल नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बनेका थिए। अमेरिकाको न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो ।
अग्रवालसहित प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेटलाई मस्कले बर्खास्त गरेको वाशिंगटन पोस्टका टेक रिपोर्टर फैज सिद्दिकीले ट्वीट गरेका छन्। रिपोर्टका अनुसार सोसल मिडिया कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता पुरा गर्दै एलन मस्कले अब ट्विटरलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
विजया गड्डे पनि भारतीय मूलकी हुन् र ट्विटरमा कानुनी, नीति र ट्रस्टकी प्रमुख थिइन्। यससँगै केही महिनादेखि ट्विटरको भविष्यबारे रहेको अनिश्चितता समाप्त भएको छ ।
बिहीबार एक ट्वीटमा एलन मस्कले मानवतालाई मद्दत गर्नका लागि आफूले ट्विटर किनेको बताएका थिए । मानव सभ्यताको भविष्यका लागि यस्तो प्लेटफर्म आवश्यक रहेकाे जहाँ हिंसा बिना स्वस्थ तरिकाले विभिन्न विचारहरू उठाउन सकिने उनको भनाई थियो । उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण