बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

निकुञ्जभित्र बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

बिहीबार, १० कात्तिक २०७९, १८ : ४८
बिहीबार, १० कात्तिक २०७९

बाराको जितपुरसिमरा उपमहानगर  वडा नम्बर २१ की रुकैया खातुनको पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन क्षेत्रभित्र बाख्रा चराउने क्रममा जंंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

 ५१ वर्षीय खातुन हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकामा सिमरास्थित अल्पाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। ‘हामीले रोक्दारोक्दै निषेधित क्षेत्रभित्र बाख्रा चराउन जादा जंगली हात्तीको आक्रमणवाट कम्मरमुनी गम्भीर चोट लागेको थियो पछि उपचारको क्रममा मृत्यु भयो,’ प्रमुख संरक्षण अधिकृत अशोकरामले भने । 

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी खातुनको परिवारलाई तत्काल किरिया खर्च ५० हजार र राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निकुञ्जले जनाएको छ । एकसाता अघि पनि पर्सा निकुञ्जभित्रै आफैले पालेको हात्तीको आक्रमणबाट माउतेको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप