आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा कैलालीमा एक युवकको मृत्य

बिहीबार, १० कात्तिक २०७९, १८ : ४१
बिहीबार, १० कात्तिक २०७९

सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उनको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

 पूर्वपश्चिम राजमार्ग अन्र्तगत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा  आज पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउदै गरेको सुपप्र ०१—००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएका थिए । ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप