आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सधैँ जनता झुक्याउने भयबाट क्षेत्र जोगाउँछु : पोख्रेल

बिहीबार, १० कात्तिक २०७९, १६ : ३०
बिहीबार, १० कात्तिक २०७९


 राप्रपाकी केन्द्र सदस्य तथा काठमाडौं–२ की उम्मेदवार कुन्ती पोख्रेलले जनता झुक्याउने भयबाट क्षेत्र आफूले जोगाउने बताएकी छन् । बिहीबार बानेश्वरमा आयोजित भाइटीकाको शुभकामना आदनप्रदान तथा देउसीभैलो कार्यक्रममा यस्तो बताएकी हुन् । 

उनले जनतालाई उचित समयमा सही नेतृत्व छनोट गर्नमा पनि जोड दिइन् । ‘यदि यो निर्वाचनमा पनि तपाईंहरु ‘टुरिष्ट’ उम्मेदवारको प्रलोभनमा परेर झुक्किनुभयो भने पाँच वर्ष फेरि पछुताउनुपर्ने छ,’ पोख्रेलले भनिन् । उनले यस क्षेत्रबाट पटक–पटक चुनाव जितेर पदमा पुग्दा पनि जनताको काम नगर्ने अनि चुनावका बेला मीठामीठा सपना बाड्नेप्रति जनता बेलैमा सचेत हुनुपर्नेमा जोड दिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप