३५४ को नमुना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, १० कात्तिक २०७९, १६ : ०८

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५४ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।