पूर्वउपप्रधानमन्त्री सिंहद्वारा पदक विजेता खेलाडीलाई सम्मान
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा दीपावली तथा नेपाल संवत् ११४३ को उपलक्ष्यमा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारद्वारा शुभकामना आदान–प्रदान एवं जलपान कार्यक्रम सम्पन्न भएको छ ।
आज बबरमहलमा आयोजित कार्यक्रममा नेता सिंहले नवौँ राष्ट्रिय खेलकुदमा पदक जित्न सफल वडा नं ११ का दुई खेलाडीलाई सम्मान गरे । कांग्रेस तथा सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका सिंहले कामपा–११ वडाका राष्ट्रिय खेलाडीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
रु १० हजार नगदसहित सम्मानपत्र पाउनेमा नवौँ राष्ट्रिय खेलकुदको माउन्टेन बाइक डाउन हिल इभेन्टमा रजत पदक प्राप्त गर्ने खेलाडी निरभ श्रेष्ठ र जिम्नाष्टिकतर्फ टिम इभेन्टमा कास्य पदक प्राप्त गर्ने उरान महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख