टी–ट्वान्टी विश्वकपमा आयरल्यान्डसँग इङ्ल्यान्ड पराजित
आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ मा आयरल्यान्डले पहिलो जित निकालेको छ । बुधबार आयरल्यान्डले इङ्ल्यान्डमाथि डीएल पद्धतिको आधारमा ५ रनको जित निकालेको हो ।
मेलबर्न क्रिकेट ग्राउण्डमा आयरल्यान्डले दिएको १५८ रनको लक्ष्यसहित इङ्ल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेको थियो । वर्षाले खेल रोकिनु अघि इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
इङ्ल्यान्ड लागि डेविड मालनले ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाए । ह्यारी ब्रुक्स १८ रनमा आउट भए । आयरल्यान्डका जोस लिटलले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १५७ रन जोडेको थियो ।
आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले ६२ रनको अर्धशतकीय इनिङ खेले । इङ्ल्यान्डका आदील राशिद र मार्क उडले तीन÷तीन विकेट लिए । जितसँगै आयरल्यान्डले २ खेलमा २ अंक जोडेको छ ।
यता इङ्ल्यान्डले पनि दुई खेलबाट २ अंक जोडेको छ । आज नै हुने भनिएको अष्ट्रेलिया र अफगानिस्ताबीचको खेल रद्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान