पाकिस्तानी पत्रकार हत्याको छानबिन गर्न राष्ट्रसंघको माग
संयुक्त राष्ट्रसंघले पाकिस्तानी पत्रकार अरशद शरीफको हालैको मृत्युप्रति दुःख व्यक्त गर्दै केन्याका अधिकारीहरुसँग घटनाको गहन छानबिन गर्न माग गरेको दैनिक समाचारपत्र डनले छापेको छ । केन्यामा सोमबार भएको गोली काण्डमा पत्रकार सरिफको मृत्यु भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शरीफका परिवारका सदस्य र उनका प्रियजन र उनलाई चिन्ने सबैप्रति समवेदना व्यक्त गरेका द नेशन दैनिकले जनाएको छ । उनले पत्रकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको अधिकारबारे चर्चा गर्दै अरशदको कामको तारिफ गरेका छन् । उनले पनि केन्या सरकारसँग घटनाको पूर्ण छानबिन गर्न माग गरेका छन् ।
गत सोमबार अर्शदकी श्रीमती जावेरिया सिद्दिकीले आफ्ना श्रीमानको केन्यामा गोली लागेर मृत्यु भएको जानकारी दिएकी थिइन् । केन्यामा गोली हानेर मारिएका वरिष्ठ पाकिस्तानी पत्रकार शरीफको निधनप्रति पाकिस्तानभरका पत्रकार र धेरै राजनीतिज्ञले शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री शहबाज शरीफले पनि दिवङ्गत पत्रकारकी आमासँग फोनमा कुरा गर्दै परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल
-
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
-
६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा