प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउँछौं : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाई थियो ।
उनले भने– ‘गएको पाँच वर्ष खेर गयो । अवको पाँच वर्ष खेर जान दिनु हुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो । मैले त नेताहरुलाई भनेको छु–पाँच वर्ष पनि होइन । गठबन्धन त जित्यो, जित्यो अब । संघमा पनि जित्यो, सातवटै प्रदेशमा पनि जित्यो । । सातवटा प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो । संघमा पनि हाम्रो सरकार बन्ने हो ।’
थापाले भने- ‘हामी मिलेर पाँचवटा पार्टीको जोड्दै गर्दा त देशभरको स्थानीय सरकार त हाम्रो ४५० भन्दा बढी पुग्छ । अनि ४५० वटाभन्दा बढी स्थानीय सरकार हाम्रो हुने, ७ वटा प्रदेशको सरकार हाम्रो हुने । अनि, संघको सरकार हाम्रो हुने । त्यो जनमत हामीले प्राप्त गर्ने । अनि, निराश र आक्रोशित भएको जनताको त्यत्रो तागत लिएर आएपछि हामीले काम गर्न सकेनौँ । जनतालाई महशुस गराउने सकेनौँ, संकेत मात्र पनि दिन सकेनौँ भने त्यो बेलामा हाम्रो हालत पनि के हुन्छ भने सिंहदरबारमा हुन्छौं । सांसदको टाउको गनिरहेका हुन्छौं । बहुमत पुगिरहेको हुन्छ । तर, बाहिर सडकमा जनता निस्केर हाम्रो विरुद्धमा संघर्ष गरिरहेको हुन्छ । हामी यो कुरामा प्रष्ट हुन आवश्यक छ । यो चुनौति सानो छैन ।’
महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहोर्याए । त्यसका लागि पार्टी भित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
-
अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा
-
पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका
-
मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
-
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक : के-के गर्यो निर्णय ?