थप १६ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०९ कात्तिक २०७९, १७ : १८

पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा १६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ६४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।