बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

कुन पार्टीबाट क–कसको हट्यो समानुपातिकको बन्दसूचीबाट नाम ? (सूचीसहित)

बुधबार, ०९ कात्तिक २०७९, २१ : ००
बुधबार, ०९ कात्तिक २०७९

निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको छ । विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकामध्ये ५५० जनाको नाम आयोगले हटाएको हो । उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको हो । 

आयोगका अनुसार प्रदेशसभातर्फ प्रदेश १ मा ४५ जनाको नाम बन्दसूचीबाट हटेको छ । यस्तै मधेश प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्दसूचीबाट हटेको छ । 

यसैगरी प्रतिनिधिसभातर्फ २०३ जनाको नाम बन्दसूचीबाट हटेको छ । 
सूची हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप