शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गृहमन्त्री खाण म्ह पुजामा सहभागी

बुधबार, ०९ कात्तिक २०७९, १५ : २३
बुधबार, ०९ कात्तिक २०७९

गृहमन्त्री बालकृष्ण खाणको म्हः पूजामा सरिक भएका छन् । नेवाः खल सिद्धार्थनगरले नेपाल संवत् ११४३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्रीको म्हः पूजा गरिएको हो । । 

कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन नेवार समुदायले यो पर्व मनाउने गर्छन् । आज हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्छन् । गृहमन्त्री खाणले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको तस्विरमा माल्यार्पण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप