युवाहरुले जित्नुपर्छः डा रिजाल
काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई जारी राखेका छन् । सत्ता गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता पौडेलले यसक्रममा बुधबार वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालसँग छलफल गरेका छन् ।
अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका प्रदीपलाई अब युवाहरुले जित्ने पालो भएको भन्दै शुभकामना दिए। उनले प्रदीप पौडेल शान्त र निष्कलंकित नेता भएको उल्लेख गर्दै यस्ता व्यक्ति जीवनमा कहिल्यै पछि नपर्ने पनि बताए ।
‘जसको हाँसो उज्यालो छ नि, त्यो जीवनमा कहिल्यै पनि पछि पर्दैन । यसलाई सधैँ कायम राख्नू’, पौडेललाई शुभकामना दिँदै रिजालले भने । उनले कवितात्मक शैलीमा पौडेललाई थप भने, ‘अन्धकार पन्छाएर छरिदेउ उज्यालो । जागे युवा जाग अब उठ्ने तिम्रो पालो ।’
पौडेलले आफ्नो चुनावी नारा पनि सार्वजनिक गरिसकेका छन् । पौडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’ नामको नारा सार्वजनिक गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते