बैंकको बेसरेट ७८ प्रतिशतले बढ्यो, कुन बैंकबाट ऋण लिँदा कति ब्याज पर्छ ?

सङ्कटोन्मुख अर्थतन्त्रका बाबजुद बैंकहरुले थप नाफा खोजेका छन् । कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर वृद्धि नगर्ने घोषणा गरेपनि बैंकहरुले कर्जाको ब्याजदर बढ्ने गरी आधारदर (बेसरेट) बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुले अधिकतम ७८.७६ प्रतिशतसम्मले बेसरेट बढाएका छन् । गत आर्थिक वर्ष २०७८÷७९ को असोज मसान्तमा जम्मा ५.१८ प्रतिशत बेसरेट रहेको स्टान्डर्ड चार्टर्ड बैंकले अधिकतम ४.०३ प्रतिशतले बेसरेट बढाउँदै ९.२६ प्रतिशत पुर्याएको छ ।
यस्तै उच्च बेसरेटको रेकर्डमा सबैलाई उछिन्दै सिटिजन्स बैंकले ३.०३ प्रतिशतले वृद्धि गर्दै ११.१४ प्रतिशत कायम गरेको छ । अब बेसरेट नै ११ प्रतिशत नाघेपछि कर्जाको ब्याजदर १८ प्रतिशतमाथि पुग्ने सहजै देखिन्छ । अहिले बैंकहरुले आधारदरमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्मको प्रिमियम चार्ज गरिरहेका छन् ।
यस्तै, सिभिल बैंकले पनि गत वर्षको तुलनामा ३४.२६ प्रतिशत (२.८३) ले बेसरेट वृद्धि गर्दै ११.०९ प्रतिशत कायम गरेको छ ।
१७ वटा बैंकको बेसरेट १० प्रतिशत नाघ्यो
१७ वटा वाणिज्य बैंकको बेसरेट १० प्रतिशतमाथि पुगेको छ । एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू (बीओके), सानिमा बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, मेगा बैंक, सेन्चुरी बैंक, एनसीसी बैंक र हिमालयन बैंकको बेसरेट १० प्रतिशतमाथि पुगेको हो । यी बैंकहरुले कात्तिक महिनाका लागि न्यूनतम १०.५ प्रतिशतदेखि १०.९४ प्रतिशतसम्म बेसरेट कायम गरेका छन् । अन्य ६ वटा बैंकहरुको बेसरेट ८.८५ प्रतिशतदेखि ९.४५ प्रतिशतसम्म कायम भएका छन् ।
कुन बैंकबाट ऋण लिँदा ब्याज सस्तो ?
जुन बैंकको बेसरेट कम हुन्छ सोही बैंकबाट ऋण लिँदा कर्जाको ब्याजदर पनि कम पर्छ । यद्यपि केही बैंकहरुले भने आधारदर कम राखेर अन्य शर्त तथा प्रिमियम बढी चार्ज गर्दा ब्याजदर बढी पर्न पनि सक्छ । यद्यपि, हाल कायम बेसरेटका आधारमा ३ वटा सरकारी स्वामित्वको वाणिज्य बैंकसहित ६ वटा बैंकबाट ऋण सस्तो पर्ने देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ८.८५ प्रतिशत बेसरेट कायम गरेको छ । गत वर्षको सोही अवधिमा ५.६३ प्रतिशत मात्र बेसरेट रहेको बैंकले यसपटक ३.२२ प्रतिशतले वृद्धि गरेको हो । यद्यपि, अहिले पनि अन्य बैंकको भन्दा राष्ट्रिय वाणिज्य बैंककै बेसरेट कम हुँदा कर्जामा लाग्ने ब्याजदर कम पर्ने देखिन्छ ।
बैंकले बेसरेटमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम चार्ज गरिरहेको छ । यस्तै, नेपाल बैंकले ८.९२ प्रतिशत बेसरेट कायम गरेको छ भने कृषि विकास बैंकले ९.८३ प्रतिशत कायम गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुको बेसरेट क्रमशः ५.९३ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो ।
बैंकहरुको तुलनात्मक बेसरेट (प्रतिशत) मा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’