बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बागलुङ प्रहरीद्वारा ३ महिनामा करिव १२ लाख राजश्व सङ्कलन

बुधबार, ०९ कात्तिक २०७९, १३ : ३९
बुधबार, ०९ कात्तिक २०७९

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालू आर्थिक वर्षको हालसम्म झण्डै रु १२ लाख राजस्व सङ्कलन गरेको छ । तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन् । पाँच सय २३ मोटरसाइकल र दुई ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिए ।
 
उनका अनुसार ट्रयाक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन् । मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्रयाक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको केसीको भनाइ छ । उनले चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम सङ्कलन भएको बताए ।

“हामीले चालकलाई कारबाहीभन्दा पनि सचेत गराउने गरेका छौँ, पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि चिट काट्ने हो, सचेत नबनाइ जरिवाना गरेको भए यसको डबल राजस्व सङ्कलन हुन्थ्यो, हामी चालकलाई जिम्मेवार बनाउनुपर्छ भनेर लाग्यौँ” उनले भने, “बागलुङको ट्राफिक व्यवस्थासमेत सुधार भएको हुँदा पछिल्लो समय कारबाहीमा कम पर्नुहुन्छ ।”

गत साउनदेखि हालसम्म जिल्लामा चार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर र ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । यो अवधिमा एक सय तीन पटक ट्राफिक सचेतना कार्यक्रम गरेको प्रमुख केसी बताउँछन् ।

यस कार्यक्रमबाट १४ हजार ६ सय ६४ नागरिक लाभान्वित भएको उनको भनाइ छ । “नागरिकलाई ट्राफिक सचेतनाका लागि हामीले विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरेका छौँ, सडकमा, स्कुलमा, सवारी चालक अनुमति पत्र लिने स्थानमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्यौँ, यो कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ,” उनले भने– “यो कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुगेको अभाष भएको छ, अघिल्लो वर्षका तुलनामा यस वर्ष दुर्घटना पनि कम भएका छन् ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप