शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेनलाई सहयोगका लागि छलफल

बुधबार, ०९ कात्तिक २०७९, १३ : २१
बुधबार, ०९ कात्तिक २०७९

युक्रेनका लागि आवश्यक रहेको आर्थिक लगायतको सहयोग गर्ने विषयमा छलफल भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस साइहाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाकाबीचमा आवश्यक छलफल भएको हो । 
 
युक्रेन र आइएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका क्षेत्रका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । युक्रेनका प्रधानमन्त्रीको सचिवालयले मङ्गलबार सो कुराको जानकारी गरएको हो । प्रधानमन्त्री साइहालले आगामी सन् २०२३ मा युक्रेनमा आइएमएफको नयाँ आयोजना सुरु हुने बताएका थिए ।

 जर्मनीको बर्लिनमा मङ्गलबार भएको सो छलफलका क्रममा उनले युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताएका थिए । यस क्रममा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिनाले पनि युक्रेनका लागि सहयोग निरन्तर रहेको र आगामी वर्ष नयाँ कार्यक्रमका साथ अघि बढिने बताएका थिए ।

 यस वर्षमात्र युक्रेनले आइएमएफबाट दुई अर्ब सात करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको थियो । सो सहयोगलाई निरन्तर गर्दै आगामी वर्षका लागि नयाँ कार्यक्रमका साथ आयोजनाहरु ल्याइने आइएमएफले जनाएको छ । 
 
युक्रेनमाथि रुसले हमला गरेपछि यहाँको अर्थतन्त्र नाजुक बनेको छ । साथै यहाँका कतिपय भौतिक संरचनाको पुनर्निमाणका क्षेत्रमा पनि युक्रेनलाई सहयोग आवश्यक रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप