सक्रिय पत्रकारिताबाट राजनीतिमा होमिए धिताल

वरिष्ठ पत्रकार मनऋषि धिताल क्रियाशिल राजनीतिमा होमिएका छन् । गृह जिल्ला जुम्ला पुगेर धितालले आफू सक्रिय पत्रकारितालाई छोडेर क्रियाशिल राजनीतिमा होमिएको जानकारी दिए।
मंगलबार नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाटमा पत्रकार महासंघको सदस्यता पनि राजनीतिमा हुँदासम्म नवीकरण नगर्ने प्रतिवद्धता उनले जनाए । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माका जनसम्पर्क सल्लाहकार समेत रहेका धितालले राजनीतिमा रहुञ्जेल आफूले माक्सवादी ज्ञान केन्द्रको आजीवन सदस्यता लिने बताए । उनले माक्सवादी शिक्षाको निरन्तर विद्यार्थी बन्ने चाहाना रहेको सुनाए ।
आफूले काठमाडौं शाखाबाट नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिएको र अव राजनीतिमा प्रवेश गरिसकेपछि लेखकको भुमिका रहने उनले जनाए । उनले आफू गृह जिल्ला जुम्लाबाटै पूर्णकालिन राजनीतिक जीवन बिताउने घोषणा पनि गरे।
धितालको अवको आफ्नो यात्रा ४ वटा विषयमा केन्द्रीत हुने जानकारी दिए। माक्सवादी शिक्षामा थप जोड, मातृभूमिको समृद्धि तथा विकास, प्रेस स्वतन्त्रता र प्रवासी नेपालीको विषयमा जोड दिने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?