अफ्रिकामा शरणार्थीहरु सङ्कटपूर्ण अवस्थामा छन् : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले अफ्रिकी देशहरुमा पछिल्लो समयमा देखिएको राजनीतिक लगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघले यहाँ सरकारहरुले राखेका तथ्याङ्कमा भन्दा पनि बढी शरणार्थीहरु रहेका र उनीहरुका समस्या पनि निकै धेरै रहेका बताएको हो ।
साथै यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले सो कुरा बताएका हुन् । उनका अनुसार अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था पनि अज्ञात रहेको उनको भनाई छ ।
सोमालिया र केन्याको पाँच दिने भ्रमण सकेसँगै मङ्गलबार दिनुभएको प्रतिक्रियामा उनले सो कुरा बताएका हुन् । उनले यहाँका शरणार्थीहरुका कैयौँ समस्या रहेका, उनीहरुले सङ्कटपूर्ण अवस्थाबाट दिन काट्नु परिरहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका हुन् ।
विश्वले नै यो संवेदनशील विषयमा ध्यान दिनु जरुरी छ र विश्वका दाता एवम् अन्य राष्ट्रहरुले सहयोगको हात बढाउनुपर्ने अवस्था छ– उनले भनेका छन् । सोमालियमा मात्र यस वर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसंघसँग रहेको उनले बताए ।
उच्चायुक्त फिलिपोले सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको जानकारी दिए । त्यसैगरी उनले केन्याका दबाद र काकुनामा रहेका शरणार्थी शिविरहरुको भ्रमण गरेका थिए । ती शिविरमा रहेका कम्तीमा पनि ५० हजार शरणार्थीलाई तत्कालै अत्यावश्यकीय सहयोगको खाँचो रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै