तनहुँका दुई वडालाई जोड्यो झोलुङ्गे पुलले
तनहुँको व्यास नगरपालिका वडा नम्बर १० र ५ को बीचमा मादी नदी बग्छ । एउटै नगरपालिकाभित्र पर्ने दुई वडाको सिमा जोडिए पनि स्थानीयवासीको भेटघाट भने सहज थिएन । कारण थियो, बीचमा बग्ने मादी नदीमा पुलको अभाव ।
तर अहिले यी दुबै वडाको जोड्ने गरी परेवाडाँडा र चिन्तुटारमा झोलुङ्गे पुल निर्माण भएपछि भने आवतजावत सहज भएको छ । पुल नहुँदा एक घण्टाको पैदल पूरा गर्नुपर्ने बाध्यता झोलुङ्गे पुल निर्माणसँगै हटेको छ ।
‘पुल बनेपछि मेलापात, बिवाहवारी र आफन्त भेटघाटलगायतका काममा सहज भएको छ” वडा नम्बर १० का पूर्व वडाध्यक्ष तुलसीराम सापकोटाले भने ।
दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण एको हो । रु दुई करोड ६४ लाखको लागतमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इञ्चार्ज इन्जिनियर शेखर रायमाझीले जानकारी दिए ।
झोलुङ्गे पुल निर्माणपछि दुई वडाका करिब १० हजार बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय होटल व्यवसायी बिबेक सापकोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या