शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

बुधबार, ०९ कात्तिक २०७९, १० : ४२
बुधबार, ०९ कात्तिक २०७९

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो । चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।

बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए । चारको बिषय अनुसन्धान लगभग लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप