प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
बुधबार, ०९ कात्तिक २०७९, १० : १४
![प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/312845912_652450459728992_295009218228362999_n_1_Cvc5Pvo3LH.jpg)
जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा-११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको माडी फाँटमा धान रोप्दै गरेका किसान (तस्बिरहरू)
-
सरकार किसानसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ : मुख्यमन्त्री महरा
-
इराकको मस्जिदमा विस्फोटक उपकरण फेला : राष्ट्रसङ्घीय एजेन्सी
-
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
-
तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन
-
सरकारमा फर्किँदै फणीन्द्र देवकोटा, आइतबार शपथ हुने