युभेन्ट्स समूह चरणबाटै बाहिरियो, पिएसजी अन्तिम १६ मा प्रवेश
बेन्फिकासँग मंगलबार राति ३-२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
तेस्रो स्थानको युभेन्टस र चौथो स्थानको मकाबी हैफाको समान तीन अंक छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले पिएसजीको सामना गर्नेछ भने बेन्फिकाले मकाबी हैफाविरुद्ध खेल्नेछ ।
पछिल्लो खेलमा मकाबी हैफालाई २-० को नतिजा सुम्पिएसँगै युभेन्टस दबाबमा परेको थियो । युभेन्टसलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि बेन्फिका र पिएसजीविरुद्ध जित आवश्यक थियो । बेन्फिकासँगको हारपछि युभेन्टसका लागि पिएसजीविरुद्ध समूह चरणको अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
१७औं मिनेटमा एन्टोनियो सिल्भाको गोलमा बेन्फिकाले अग्रता लिएको थियो । २१ औं मिनेटा मोइस किनले युभेन्टसलाई खेलमा फर्काएका थिए । २८ औं मिनेटमा मारियो र ३५ औं मिनेटमा राफा सिल्भाले समान एक गोल गरेपछि बेन्फिकाले आफ्नो अग्रता ३-१ मा पुर्याएको थियो । ५० औं मिनेटमा राफा सिल्भाले बेन्फिकाका लागि चौथो गोल गरे ।
७७ औं मिनेटमा मिलिकले युभेन्टसका लागि दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि वेस्टन म्याकिनेले युभेन्टसका लागि तेस्रो गोल गरे पनि त्यो खेलमा फर्कन भने पर्याप्त भएन ।
समूह एच कै अर्को खेलमा पिएसजीले मकाबी हैफालाई ७-२ ले हरायो । पिएसजीको जितमा लियोनल मेस्सी र केलियन एम्बाप्पेले समान दुई-दुई गोल गर्दा नेयमारले एक गाल गरेका थिए । यस्तै, कार्लोस सोलरले एक गोल गर्दा एक गोल आत्माघाति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
-
उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
-
महाराष्ट्रमा ईभीएम ह्याक भएर हामीले हारेका हौँ : कंग्रेस नेता
-
आजपाले बोलायो स्थायी कमिटी बैठक
-
धनुषाका निजी विद्यालय एक सातादेखि बन्द
-
सायरा बानोले भनिन्- एआर रहमान संसारकै राम्रो पुरुष