राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता
बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ ।
मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसदबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भुपू गोर्खासम्बन्धी विषयमा विचारको आदानप्रदान भएको लण्डन स्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी थिए ।
यस्तै सोमबार बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले अध्यक्ष तिमिल्सिनाको सम्मानमा आयोजना गरेको दिवाभोजमा पनि तिमिल्सिना सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ
-
अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली
-
२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु
-
मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
-
कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने