भारतीय युट्युबर जट्ट प्रभाज्वत सिंहको मोटरसाइकल दुर्घटना, पैदलयात्रीको मृत्यु
भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका–१ स्थित गजुरी बजारमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् । मंगलबार साँझ ५ बजेमा सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले रातोपाटीलाई बताए ।
घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक युट्युबर सिंह घाइते भएका छन् । उनको दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको डिएसपी खत्रीले जानकारी दिए ।
प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् । दुर्घटनामा परेर मृत्यु भएका धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छिमा राखिएको छ । जट्ट बाइक राइडर समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण