आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सैनिक कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिए

मङ्गलबार, ०८ कात्तिक २०७९, २० : ५३
मङ्गलबार, ०८ कात्तिक २०७९

इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन् । 

विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ । टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ । 

आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि  ३० वर्ष उमेर समूहका हुन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सैनिक कारबाहीको लक्ष्य प्यालेस्टिनी बन्दुकधारीहरूको थियो । सशस्त्र प्यालेस्टिनी समूहले हालै एक इजरायली सिपाहीको गोली हानी हत्या गरेको तथा सैनिक केन्द्रमा धेरै पटक आक्रमणको प्रयास गरेको थियो । 

यसैबीच, इजरायली प्रधानमन्त्री यायर ल्यापिडले ‘लायन्स डेन’का नेता वादी हाउ सैनिक कारबाहीमा मारिएका स्थानीय रेडियोलाई बताएका छन् । देशको सुरक्षाका खातिर सैनिक कारबाही जारी रहने उनले स्पष्ट गरेका छन् ।(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप