सकियो सूर्यग्रहण

कार्तिक कृष्ण औँसीका अवसरमा मंगलबार लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ ।
आजको सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । सामान्य अवस्थामा ग्रहण सकिने बित्तिकै अन्न खान समस्या नभए पनि आज ग्रस्तास्त सूर्यग्रहण लागेकाले बुधबार बिहान सूर्योदयपछिमात्र बाल, वृद्ध र रोगीबाहेकले भोजन गर्नुपर्ने नियम छ ।
बाल, वृद्ध र बिरामीले भने ग्रहणका बेला पनि भोजन गर्न सक्ने जनाइएको छ । यस्तो अवस्थामा पानी, कन्दमूल, फलफूल, हवनीय वस्तु (जौ), श्रोत्रीय ब्राह्मणलाई बनाएको खाना, गुरुकोे वचन र औषधि गरी आठ कुरा खान सकिने शास्त्रीय व्यवस्था रहेको उनले सुनाए । आधुनिक विज्ञानले भने ग्रहणमा भोजन निषेध नगरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
सूर्यग्रहणमा १२ घण्टाअघिदेखि र चन्द्रग्रहणका बेला नौ घण्टाअघिदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई शास्त्रीय आधारमा भोजन निषेध गरिएको छ । औँसीका दिन सूर्य र पूर्णिमाका दिन चन्द्रग्रहण लाग्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्