राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता
हाल बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच बेलायती संसद भवनमा भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरुमा छलफल भएको छ । विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भुपू गोर्खासम्बन्धी विषयहरुमा विचारहरूको आदानप्रदान गरिएको नेपाली दूतावास लन्डनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले सोमबार आयोजना गरेको दिवाभोजमा अध्यक्ष तिमिल्सिना सहभागी भएका थिए । उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख रोशन खनाललगायतको उपस्थिति रहेको थियो ।
एकसाताको भ्रमणमा बेलायत आएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र समावेशी आयोगका सदस्य पुष्प तिमल्सिना प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दशैं तिहार शुभकामना साँझ उद्घाटनका लागि बेलायत आएका थिए । साताव्यापी भ्रमण पूरा गरु तिमिल्सिना आजै नेपाल फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत