आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जनताको सहमतिमा उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं : मन्त्री पौडेल

मङ्गलबार, ०८ कात्तिक २०७९, १७ : ४९
मङ्गलबार, ०८ कात्तिक २०७९

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउने बताएका छन् ।  मंगलबार ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीयसँग सहमति गरेर परियोजना अघि बढाउने बताएका हुन् । 
“उत्तरगंगा जलाशयुक्त परियोजना स्थानीयहरूको जग्गाको मुआब्जासम्बन्धी अन्योललाई टुंग्याएर अघि बढाउँछौं” उनले भने,“यो वर्ष पनि सरकारले २ करोड बजेट विनियोजन गरेको छ । स्थानीयहरुको सहमतिमै उत्तरगंगा जलाशयुक्त परियोजना अघि बढाउँछौं ।” 
उनले मध्यपहाडी लोकमार्गको अछते बिहुँ खण्डको सडकको कामका लागि मन्त्रालय र व्यवसायी (ठेकेदार)लाई नियमित खबरदारी गरेको भन्दै कालोपत्रे चाँडै गर्ने मन्त्रालयले आश्वासन दिएको बताए । 
देशका धेरै विद्यालयमा आइसिटीसहितको भवन बनिरहेको बताउँदै विद्यार्थीलाई प्रविधिसँग जोड्न इन्टरनेटको आवश्यक हुने भएकाले मन्त्रालयले सबै सार्वजनिक विद्यालयमा इन्टरनेटको सुविधा पुर्याउने योजनासहित प्रक्रिया अघि बढाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप